पेस्तोलसहित बाँनिया पक्राउ
काठमाडाैं | असार २, २०८०
काठमाडौं: एक युवक पेस्तोलसहित पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–३ का ३२ वर्षीय रमेश बाँनिया रहेका छन् ।
पक्राउ परेका बाँनियाको साथबाट १ थान पेस्तोल र , पेस्तोलमा लाग्ने २ वटा म्याग्जिन र ११ वटा गोली बरामत गरेको हो ।
बैंकिङ कसूर मुद्दामा फरार रहेका बाँनिया काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक रहेको सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रमेश बाँनियाले बोकेको झोला सडकमा फाली फरार थिए ।
त्यसपश्चात उक्त झोलामा पेस्तोल फेला परेको थियो ।
त्यसपछि उनलाई भक्तपुर नयाँ ठिमीस्थित नयाँ बाटोबाट पक्राउ गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

