पेस्तोलसहित बाँनिया पक्राउ
काठमाडाैं | असार २, २०८०
काठमाडौं: एक युवक पेस्तोलसहित पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–३ का ३२ वर्षीय रमेश बाँनिया रहेका छन् ।
पक्राउ परेका बाँनियाको साथबाट १ थान पेस्तोल र , पेस्तोलमा लाग्ने २ वटा म्याग्जिन र ११ वटा गोली बरामत गरेको हो ।
बैंकिङ कसूर मुद्दामा फरार रहेका बाँनिया काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक रहेको सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रमेश बाँनियाले बोकेको झोला सडकमा फाली फरार थिए ।
त्यसपश्चात उक्त झोलामा पेस्तोल फेला परेको थियो ।
त्यसपछि उनलाई भक्तपुर नयाँ ठिमीस्थित नयाँ बाटोबाट पक्राउ गरेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

